‘सुसाइड नोट’ लेखेर चिकित्सक बेपत्ता, खोजीमा जुट्यो प्रहरी

‘सुसाइड नोट’ लेखेर चिकित्सक बेपत्ता, खोजीमा जुट्यो प्रहरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – फेसबुकमा सुसाइड नोट लेखेर एक जना चिकित्सक भक्तपुरबाट बेपत्ता भएका छन् ।

मंगलबार बिहान फेसबुकमा सुसाइड नोट लेखेर भक्तपुरको द डेन्टल सिटी अस्पतालका निर्देशक समेत रहेका डा. दिगम्बर झा आज बिहानदेखि बेपत्ता भएका हुन् ।

उनी बा.१६च. ८६७९ नम्बरको कार लिएर घरबाट बेपत्ता भएका छन् । प्रहरीले पारिवारिक सम्बन्धमा खटपट आएपछि उनी बेपत्ता भएको अनुमान गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी तारादेवी थापाले उनको खोजीमा प्रहरी जुटेको जानकारी दिइन् । झाको अन्तिम लोकेशन पनौती देखिएको छ ।