नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाद्धारा पदवाट राजीनामा

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाद्धारा पदवाट राजीनामा


काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । नेकपाभित्र झाको नियुक्तीको विषयलाई लिएर विवाद भएको थियो । झालाई बर्खास्त गर्न माग गर्दै नेकपाका दुई दर्जन केन्द्रीय सदस्यहरुले पार्टीमा ज्ञापनपत्र बुझाएका थिए । 

त्यसका साथै स्थायी कमिटी बैठकमा समेत झाको नियुक्तिलाई लिएर सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो । पुर्व श्रममन्त्री समेत रहेका नेता लेखराज भट्टले झा भ्रष्ट भएको र आफु मन्त्री हुंदा नियुक्तीका लागी पैसाको अफर गरेको बताएका थिए । 

सकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाले झालाई राजीनामा दिन निर्देशन दिएका थिए । झाले बुधवार नै पत्रकार सम्मेलन गरेर सत्तारुढ नेकपाका नेताहरुविरुद्ध मानहानी मुद्दा हाल्ने चेतावनी दिएका थिए । 

बुधबार पत्रकार सम्मेलन गरी उनले आफू प्रतिस्पर्धाबाटै दूरसञ्चार प्राधिकरणको नेतृत्वमा आएको तथा इमान्दार, कर्तव्यनिष्ट कर्मचारी भएको भएको दाबी गरेका थिए ।

यो पनि पढ्नुहोस्-

स्थायी कमिटीमा ‘विवादास्पद’ दिगम्बरको चर्चा : ‘भ्रष्टाचार’ विरुद्धको आन्तरिक आवाज जित्ला ?