दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष झा ३ लाख धरौटीमा रिहा

दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष झा ३ लाख धरौटीमा रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झालाई ३ लाख धरौटीमा छोड्न विशेष अदालतले आदेश दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोमा आईतबार अदालतमा हाजिर भएर बयान दिएपछि भएको थुनछेक बहसमा अदालतले ३ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

गत जेठ १ गते अख्तियारले प्रतिनिधिसभा सदस्य, पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतसहित १४ जना र २ कम्पनीलाई प्रतिवादी बनाएर गत जेठ १ गते ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।