पत्रकार पाठक अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा पेसी

पत्रकार पाठक अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा पेसी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाण्डुमा हाजिर भएका छन् ।

उनी बिहीबार आफैँ अदालतमा हाजिर भएका हुन् ।

उनको बयान तथा बहसका लागि न्यायाधीश खेमराज भट्टको इजलासमा पेशी तोकिएको छ ।

थुनछेक बहस पनि आजै हुने तय भएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुले गत सोमबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

उनीविरुद्ध कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाको तारे होटल हिल्टनमा लगानी रहेको, अस्ट्रेलिया, क्यानडा, दुबईमा पनि लगानी रहेको सामग्री युट्युबमा प्रसारण गरेको विषयमा मुद्दा परेको हो ।

विद्युतीय कारोबार ऐन ०६३ को दफा ४७ को उपदफा १ बमोजिमको कसुरमा सजाय हुन माग दाबी गरिएको छ।