गोकुल बाँस्कोटाका अरू भ्रष्टाचारको पनि छानवीन गर्नुपर्छः डिला संग्रौला

गोकुल बाँस्कोटाका अरू भ्रष्टाचारको पनि छानवीन गर्नुपर्छः डिला संग्रौला

‘समृद्ध नेपाल सुखी नेपालीको नारा अब समृद्ध गोकुल बाँस्कोटा, सुखी केपी ओली राखौं ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्न माग गरेकी छन् ।

प्रेस कमिसन प्रकरणमा अडिओ टेप सार्वजनिक भएकोले मन्त्री बाँस्कोटालाई बर्खास्त गरी अनुसन्धान गर्न उनले माग गरेकी छन् ।

उनले बाँस्कोटाले तत्काल राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न पनि आग्रह गरेकी छन् । ‘समृद्ध नेपाल सुखी नेपालीको नारा अब समृद्ध गोकुल बाँस्कोटा, सुखी केपी ओली बनाउँदा फरक परेन । मन्त्रीको कुर्सीमा बसेर दलाली र लूटधन्दा चलाउने बास्कोटाले राजीनामा दिनुपर्छ’ उनले भनिन्, ‘अनुसन्धान प्रक्रिया अगाडि बढाउन माग गर्दछु । प्रधानमन्त्रीको निकट रहेर लूटको अपराध चलाउने छुट कसैलाई छैन । साथै सञ्चारमन्त्रीबाट भएका अरू सम्पूर्ण भ्रष्टाचारको छानवीन गर्न सरकार संग समक्ष माग गर्दछु ।’

सांसद संग्रौलाले उनको संकल्पको गहिराई र भ्रष्टाचारप्रतिको अरूचि आज छर्लङ्ग भएको बताएकी छन् ।

‘केही समय अघि सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटाले भन्नुभएको थियो, ‘भ्रष्टाचार गर्ने बानी पनि आफ्नो नपरेको र, नगर्ने संकल्प गरेको हुँदाले त्यसतर्फ आफ्नो कुनै रूचि रहेन ।’ उहाँको संकल्पको गहिराई र भ्रष्टाचारप्रतिको अरूचि आज छर्लङ्ग भएको छ’ उनले भनिन्, ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्रसँग ७० करोड रूपैयाँको डिल गरेको अडियो संवादले बास्कोटाको असली कर्म प्रष्ट भएको छ ।’

साथै उनले प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारीको मुख हेर्दिन भनेर दिएको अभिव्यक्तिको स्मरण गरेको बताइन् ।