काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले नेपाली भू–भाग कालापानी र लिपुलेकलाई भारतले अतिक्रमण गरेको भन्दै विरोध जनाएकी छन् । उनले राष्ट्रियस्तरको मुद्धामा नेपाल सरकार चुप लागेर बसेको भन्दै विरोध जनाएकी छन् ।
यसविषयमा सरकारले तत्काल सर्वदलिय बैठक बोलाउनुपर्ने उनको माग छ । ‘सरकारले आधिकारिक धारणा सार्वजनिक गर्दै यसको छलफल गर्न संसदको विशेष महाधिवेशन बोलाउनुपर्यो’, उनले भनिन् ।
कांंग्रेसले कालापानी र लिपुलेकलाई भारतले आफ्नो नक्सामा समावेश गरेको विषयमा सरकारको धारणा माग गरेको छ ।
दुबै भूमि नेपालको अभिन्न अंग भएको भन्दै कांग्रेसले यसमा उठाइएको प्रश्न अस्वीकार्य भएको बताएको छ । यस विषयलाई लिएर विभिन्न विद्यार्थी संघसंगठनले आन्दोलन गरिरहेका छन् ।




प्रतिक्रिया