काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली का.ग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले संकटको घडीमा सरकार वेमौसमको मादल बजाउन केन्द्रीत भएको आरोप लगाएकी छन् ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेकी सांसद संग्रौलाले कोरोना भाइरसको संकटको घडीमा सरकार आफ्ना निकटस्थहरुलाई राजनीति व्यवस्थापन र जागिर खुवाउन तल्लिन भएको आरोप लगाएकी छन् ।
विज्ञप्तिमा उनले भनेकी छन्, ‘मन्त्रिपरिषद्ले भूमि सम्बन्धि समस्या समाधान आयोगको नियुक्ती गरेको देखिन्छ । जुन समय सापेक्ष छैन् । यो त वेमौसमको बासुरी बजाए जस्तै हो । अहिले सरकारको मुख्य जिम्मेवारी भनेको महामारी नियन्त्रण, न्यूनिकरण र संक्रमितको उपचार गर्नु नै हो ।’
मन्त्रिपरिषद्को बैठकले देवी ज्ञवालीको अध्यक्षतामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको थियो । समितिका अन्य सदस्यहरुमा भीमबहादुर कार्की, जगत देउजा, मञ्जली शाक्य र दीनेशचन्द्र यादवलाई नियुक्त गरेको थियो ।
कोरोना भाइरसको महामारीका बेला सरकारले भूम सम्बन्धी समस्या समाधान आयोग गठन गरेको भन्दै सत्तारुढ दलबाटै सरकारको आलोचना भइरहेको छ ।
उनले कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी महामारी भइरहेको वर्तमान अवस्थामा सरकारको मूलकार्य महामारी नियन्त्रण, न्यूनीकरण र संक्रमितहरुको उपचार गर्नु रहेको बताएकी छन् ।
‘अहिले सरकारको मुख्य जिम्मेवारी भनेको महामारी नियन्त्रण, न्यूनिकरण र संक्रमितको उपचार गर्नु नै हो । तर, यो सरकारलाई प्रतिपक्षी दल लगायत सबैको साथ हुँदाहुँदै ठीक बाटोमा हिँड्न सकेन, जबकी सबै जनताले लकडाउनको पालना गरी सरकारलाई सहयोग गरिरहेका छन्’, विज्ञप्तिमा उनले भनेकी छन् ।
डा. संग्रौलाले सरकराले स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताबारे छानबिन गरी अगाडि बढ्नुको सट्टा मतियारहरुलाई समेत स्वयं सरकारले ढाकछोप गर्न लागेकोमा नेपाली जनतामा आक्रोशको भावनासमेत पैदा भएको बताएकी छन् ।
‘महामारी नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी एवं स्थानीय जनप्रतिनिधिहरुले गरेको कामको उच्च सम्मान प्रकट गर्दै सरकारको तर्फबाट सुरक्षालगायत आवश्यक व्यवस्था मिलाउन ध्यानाकर्षण गर्दछु । लकडाउनको अवस्थामा रोजगारी गुमाएर अलपत्र परिरहेका मजदुर श्रमिकको उचित खानपीन र बसोबासको व्यवस्थ ागर्न नसक्दा भोकै नाङ्गै पैदल यात्रा हिँडिरहेका श्रमिकको समूचित व्यवस्थापन गर्नसमेत सरकारसमक्ष अनुरोध गर्दछु’, उनले भनेकी छन् ।




प्रतिक्रिया