सरकारको तानाशाही शैली झल्कियो, हिसाब किताब राखिन्छः डिला संग्रौला

सरकारको तानाशाही शैली झल्कियो, हिसाब किताब राखिन्छः डिला संग्रौला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ्यमन्त्री भानुभक्त ढकालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसन्धान इकाई संयोजकलाई स्पष्टीकरण सोधिएको विषयमा आपत्ति जनाएको छ ।

कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले सरकारले तानाशाह शैली देखापरेको आरोप लगाएकी छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेकी सांसद संग्रौलाले मन्त्री ढकालले स्पष्टीकरण सोधेर कारबाही गर्ने चेतावनी दिएको घटनामा आपत्ति जनाएकी हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसन्धान इकाई संयोजक डाक्टर शेरवहादुर पुनसँग स्वास्थ्यमन्त्री ढकालले स्पष्टीकरण सोधेका थिए ।

‘मन्त्री ढकालले डाक्टर पुनसँग कारवाही गर्न चेतावनी दिएको खबरले सरकारको तानाशाही शैली झल्कियो’, उनले भनिन् ।

कोरोना भाइरसको महामारीका बेला ज्यानलाई जोखिममा राखेर जनताको स्वास्थ्य उपचार खटिरहेका चिकित्सकलाई हौसला दिनुको साटो निरुत्साहित गर्नु लोकतन्त्रविरोधी कार्य भएको बताइन् ।

‘यस्तो महामारीको बेला आफ्नै ज्यान जोखिममा राखेर बिरामीको उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरुलाई हौसला र प्रोत्साहन दिनुको साटो उल्टै स्पष्टीकरण सोधि मिडियासँग टाढा बस भन्दै हतोत्साहित गर्ने गलत कार्य को हामी सबैले जति बिरोध गरे पनि पुग्दैन । यस्तो महामारीको बेलामा सबै स्वास्थकर्मीहरु एकजुट भइ कोरोना बिरुद्ध लड्यौं । सरकारको गलत कदमको हिसाब किताब अधावधि राख्दै बिरोध गरौं’, उनले भनिन् ।