काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेश प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत स्वार्थमा ल्याइएको बताएको छ ।
नेपाली कांग्रेसकी के्न्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले विवादित अध्यादेश ल्याएर आफ्नो खाल्डो आफैं खनेको बताएकी छन् ।
उनले भनेकी छन्, ‘राष्ट्रिय संकटको घडीमा आफ्नै पार्टीभित्रका आफ्नो विरोध गर्ने नेता तथा कार्यकर्ताहरुलाई तर्साउन र छिन्नभिन्न पार्ने नियत र आवश्यक परे पार्टीसमेत फुटाउने र आवश्यक परे सत्तामा टिकिरहने मनसायले प्रधानमन्त्रीले चालेको कदम आफ्नो खाल्डो आफैं खनेको प्रतित हुन्छ ।’
त्यस्तै सांसद संग्रौलाले प्रधानमन्त्री अोलीलाई चिनियाँ राष्ट्रपति सिजिपिङको अनुयायी नठान्न चेतावनी दिएकी छन् । सांसद संग्रौलाले विपक्षी दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषदको बैठक बस्न र निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णयले लोकतान्त्रिक पद्धति र संविधानवादको मूलमर्ममाथि सांघातिक हमला गरेको आरोप लगाएकी छन् ।
‘विपक्षी बिनाको संवैधानिक परिषद् सम्बन्धि व्यवस्थालाई ओझेलमा पार्न दल सम्बन्धि अध्यादेश आएको हो कि ? आफूलाई सिजिपिङको अनुयायी नठान्नुहोस सम्माननीय प्रधानमन्त्रीज्यू यो नेपाल हो’, सांसद संग्रौलाले भनेकी छन् ।




प्रतिक्रिया