विदेशका नेपाली कहिले ल्याउनुहुन्छ प्रधानमन्त्रीजी ? मिति चाहियोः डिला संगौला

विदेशका नेपाली कहिले ल्याउनुहुन्छ प्रधानमन्त्रीजी ? मिति चाहियोः डिला संगौला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले विदेशमा नेपालीहरु खान नपाएर मर्ने अवस्थामा पुगेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल स्वदेश फर्काउन आग्रह गरेकी छन् ।

मंगलबार सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीलाई प्रश्न सोध्दै सांसद संग्रौलाले प्रधानमन्त्रलिे खान नपाएर कसैले मर्नु पर्दैन भन्ने अभिव्यक्तिको खण्डन गर्दै विदेशमा रहेका नेपालीलाईभोकमरबिाट मर्न नदिन तत्काल स्वदेश फिर्ता गर्न सरकारको कस्तो तयारी भइरेहको छ भन्दै प्रश्न गरेकी छन् ।

‘प्रधानमन्त्रीजीले खान नपाएर कोही नेपाली मर्नु पर्दैन भन्दै आउनु भएको छ । तर विदेशमा लाखौ नेपाली खान नपाएर मर्ने अवस्थामा पुगेका छन् । उनीहरुलाई खान नपाएर मर्न नदिने हो भने तत्काल नेपाल ल्याउनु पर्छ’, उनले भनिन्, ‘त्यसका लागि प्रधानमन्त्रीले कहिले उनीहरुलाई स्वदेश ल्याउने तयारी गर्नु भएको छ ? मिति नै चाहियो प्रधानमन्त्रीजी ।’

त्यस्तै उनले विदेशबाट ल्याएका नेपाली राख्नका लागि क्वारेन्टाइन निर्माणबारे प्रश्न राखेकी छन् ।

‘उनीहरुलाई नेपाल ल्याउनु अगाडी क्वारेन्टाईन बनाउनु पर्दछ, अहिलेसम्म कति ओटा क्वारेन्टाईन बने प्रधानमन्त्री जी ?’, उनले प्रश्न गरिन् ।