रुकुम पश्चिमको घटनाले नेपालीको शिर निहुरियो: डिला संग्रौला

रुकुम पश्चिमको घटनाले नेपालीको शिर निहुरियो: डिला संग्रौला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले रुकुम पश्चिममा भएको घटनालाई मानव सभ्यताकै कलंक भएको टिप्पणी गरेकी छन् ।

सांसद संग्रौलाले भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विकसहित तीन जनाको समूहलाई हत्या गर्नेलाई कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् । उनले घटनालाई राजनीतिकरण गर्न नहुने र सरकारले निष्पक्ष रुपमा छानबिन गर्नुपर्ने माग गरेकी छन् ।

‘यस्तो घृणित कार्यमा संलग्न जो कोहीलाई कारवाही गरि कानुनको कठघरामा उभ्याउनु नै पर्दछ । सबै मानिस एउटै हुन । कथित जात ,लिङ्ग बर्णको आधारमा भेदभाव गरिनु र त्यसैको आधारमा मृत्यु शैप्या पुग्नु अत्यन्त दुखदायी कुरो हो’, सांसद संग्रौलाले भनिन् ।

त्यस्तै उनले सदियौंदेखि मानिसको दिमागमा रहेको कुसंस्कार र अन्धबिस्वासले जकडिएको समाजलाई रुपान्तरण गर्न जरुरी रहेको बताएकी छन् । उनले रुकुम पश्चिममा घटेको घटनाले नेपालीको शीर निहुरिएकाले दोषीलाई कारबाही गर्दै पीडितलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेकी छन् ।

‘धनी गरिव, उच्च निच्च, सानो ठुलो , शिक्षित अशिक्षित भनि भेदभाव गरियो भने समाज को परिवर्तनमा रोकावट आउँछ । आज दलित कै नामबाट गरिएको बीभत्स हत्याले हामी नेपालीको शिर निहुरिएको छ । सरकार तत्काल पिडितलाई न्याय दे । र दलित को सम्मान गर’, उनले भनिन् ।

गत शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विकसहित तीन जनाको समूहलाई हत्या गरिएको थियो भने तीन जना अझै बेपत्ता छन् ।