मेलम्चीबारे मन्त्रीलाई डिलाको प्रश्नः जनतालाई कति दिन झुक्याउने हो ?

मेलम्चीबारे मन्त्रीलाई डिलाको प्रश्नः जनतालाई कति दिन झुक्याउने हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले सरकारको योजनाअनुरुपा जनताले शुद्ध खानेपानी नपाएको भन्दै खानेपानी मन्त्रालयको ध्यानआकर्षण गराएकी छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत विनियोजन विधेयकको टिप्पणी गर्दै सांसद संग्रौलाले खानेपानीमन्त्री बिना मगरलाई मेलम्ची खानेपानी काठमाठौँमा वितरण गरिने भनिए पनि अहिलेसम्म वितरण गर्ने छाटकाट नदेखिएको भन्दै प्रश्न गरेकी छन् ।

‘९४ प्रतिशत जनतालाई खानेपानी पुर्याउने भनिएको छ तर नेपाली जनताले अहिले पनि शुद्ध खानेपानी पाएको छैन । मेलम्ची खानेपानी काठमाठौँमा वितरण गरिने भनिएता पनि खोई अहिलेसम्म छाटकाट छैन केवल नाराले मात्र जनतालाई कति दिन झुक्याउने हो ?’, उनले प्रश्न गरिन् ।

त्यस्तै उनले राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रम प्रभावकारी नभएकोमा महिला तथा बालबालिका मन्त्रालयको ध्यानआकर्षण गराएकी छन् ।

‘यस कार्यक्रमले विपन्न एवं वञ्चितीमा परेका महिलाहरुको यसमा पहुँज हुँदैन भने कसरी उनीहरुले रोजगारी पाएर उद्यमशील बन्दछन् रु’, उनले भनिन् , ‘सदाको लागि बालश्रमको अन्त्य गर्ने भनिएता पनि होटल, रेष्टुरेण्ट, सार्वजनिक यातायात, इँट्टाभट्टा लगायतका क्षेत्रमा बालश्रमको शोषण भएको अवस्था छ । सडक छाप बालिका जताततै छन् । यो त केवल सरकारको देखाउने दाँत मात्र भएन र ? बाल शोषण गर्नेलाई कारवाही कहाँ भएको छ ?’

त्यस्तै उनले महिलामाथि क्वारेन्टाइनमा नै बलात्कार भइरहेको तर, मन्त्रालयको सक्रियता नदेखिएको बताइन् ।

‘महिला माथिको लैंगिक विभेद, हत्या, हिंसा, बलात्कार, दाइजो बोक्सी, छाउपडी प्रथा, बालविवाह, बहुविवाह अझै रोकिएको छैनन् । क्वारेन्टाइनमा नै महिलामाथि बलात्कार भै रहेको छ । यसलाई रोक्न खोइ त विशेष कार्यक्रम ?’, उनले भनिन् ।

सांस्द संग्रौलाले भूमिहिन दलितलाई पहिचान गरी बसोबासको लागि आवश्यक जमिन उपलब्ध गराउने भनी दलित आवास कार्यक्रम सरकारले ल्याइएको भएता पनि यो केवल कागजी घोडा मात्र भएको बताइन् । ‘दलितको पहिचान छ, न त आवास नै बनेको छ, जनता झुक्याउने बाहेक के छ र ?’, सांसद संग्रौलाले प्रश्न गरिन् , ‘बाँझो जमिन धेरै भएका स्थानीय तहबाट भूमि बैंकको स्थापना गर्ने भनिएता पनि सरकारले अहिलेसम्म कुन तहमा कति बाँझो जमिन छ भनेर तथ्यांक नै जुटाउन सकेको छैन । जनतालाई किन गुमराहमा राखेको ?’

त्यस्तै उनले युवा तथा खेलकुद मन्त्रालयले युवा तथा नवप्रवद्र्धन केन्द्रहरु स्थापना गरेर आफ्ना कार्यकर्ता पोस्ने काम भएकोमा आपत्ति प्रकट गरेकी छन् ।

‘यस्ता केन्द्रहरु कसले, कसका लागि सञ्चालन गर्ने हो रु स्पष्ट छैन, त्यसलै यो आफ्ना दलका कार्यकर्तालाई पोस्ने कार्यक्रम मात्र हो ?’, उनले भनिन् ।