उर्लाबारीमा मदन भण्डारी अस्पतालको नाम तत्काल फिर्ता गरः डिला संग्रौला

उर्लाबारीमा मदन भण्डारी अस्पतालको नाम तत्काल फिर्ता गरः डिला संग्रौला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले मोरङको उर्लाबारी नगरपालिकास्थित मंगलबारे अस्पतालको नाम परिवर्तन गरेपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

उक्त अस्पताललाई ट्रमा सेन्टरमा स्तरोन्नती गर्न आ.व.२०७५/०७६ को वजेटबाट रकम विनियोजन हुँदै प्रक्रिया अगाडि बढेको छ । सोही अनुसार भौतिक संरचना निर्माण र उपकरणहरु क्रमिक रुपले विस्तार हुँदै आएको छ ।

उर्लाबारीका जनता दुई साता देखि मंगलबारे अस्पताल नामाकरण कायम गर्न सरकारविरुद्ध आन्दोलनमा छन् । प्रदेश १ सरकारले मंगलवारे अस्पतालको नाम परिवर्तन गरि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर नामाकरण गरेपछि स्थानीइ आन्दोलित भएका हुन् ।

प्रतिनिधिसभा सदस्य एवं डा. डिला संग्रौला पन्तले सरकारले दुई तिहाइृको दम्भ देखाउँदै स्थानीय जनताको भावनामाथि लात हानेको बताएकी छन् ।

‘उनीहरुले स्थानीय पहिचानका लागि जुनसुकै मुल्य चुकाउन तयार छौं भन्ने अभिव्यक्ति दिईरहदा सरकार भने आफ्नै अडानमा छ’, उनले भनिन्, ‘प्रदेश १ सरकारले बहुमतको दम्भ र संकिर्ण राजनीतिक सोचले उर्लावारीको स्थानीय पहिचानलाई वेवास्ता गर्दै उक्त अस्पतालको नाम परिवर्तन गरि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर नामाकरण गरि आ।व। २०७७/०७८ को निति तथा कार्यक्रममा ल्याएर प्रदेश प्रमुखले प्रस्तुत गरे देखि नै स्थानिय जनता आन्दोलित भएका छन् ।’

त्यस्तै सांसद संग्रौलाले आन्दोलनबाट भोलीका दिनमा कुनै पनि अप्रिय घटना हुन नदिन सरकारले बेलैमा ध्यान दिनुपर्ने बताएकी छन् । उनले स्थानीय जनताको भावनाको कदर गर्दै वार्ता र संवादका माध्यमबाट घटना सुल्झाउन सरकारसँग माग गरेकी छन् ।

‘अबिलम्ब अस्पतालको नयाँ नाम फिर्ता गरि स्थानीय जनताको भावनालाई कदर गर्दै मंगलबारे अस्पताल नाम कायम गर्न सरकारसँग माग गर्दछु’, उनले भनिन् ।

प्रदेश १ मोरङको उर्लाबारी नगरपालिका स्थित मंगलवारे अस्पताल २०४५ सालमा उप–स्वास्थ्य चौकीको रुपमा शुरु भई २०४५ सालमा प्राथमिक स्वास्थ्य केन्द्र ,मगंलवारे हुँदै २०७३ सालमा मंगलवारे अस्पतालको नाममा विकसित एवं परिचित छ ।