चीनले अतिक्रमण गरेको भूमि पनि फिर्ता ल्याउनुपर्छः डिला संग्रौला

चीनले अतिक्रमण गरेको भूमि पनि फिर्ता ल्याउनुपर्छः डिला संग्रौला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमभुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले भारत र चीनले अतिक्रमण गरेका भूमी कूटनीतिक माध्यमबाट फिर्ता गर्न सरकारसँग माग गरेकी छन् ।

सांसद संग्रौलाले नेपाल दुई बिशाल छिमेकी देशकोबीचमा रहेपनि नेपालको एक इन्च जमिन पनि तलमाथि नपर्ने गरि संरक्षण गर्न नेपाली जनता जस्तोसुकै मूल्य चुकाउन तयार भएको बताएकी छन् ।

‘भूगोलले नेपाल सानो होला तर नेपाली स्वाभिमान सगरमाथा जस्तै उच्छ र अटल छ । सरकार सत्ता टिकाउन कहिले भारततर्फ ढल्कनु कहिले चीनतर्फ टासिनुले नेपालको शिर अडिग हुन सकेको छैन’ उनले भनिन्, ‘दुबै देशसंग समान दुरि कायम गरि नेपाली जनताको भावना सरकारले राख्न सकोस् । दुबै सरकारसँग सिमा बिबाद समाधान गर्न ध्यान पुगोस् । चीनले अतिक्रमण गरेको भूमि पनि सरकारले फिर्ता ल्याउनुपर्छ ।  सीमा सम्बन्धि राष्ट्रिय सहमती कायम रहिरहोस ।’

उत्तरी छिमेकी चीनले रसुवा, सिन्धुपाल्चोक ,दोलखा, संखुवासभा, हुम्ला जिल्लाको १४५६ रोपनी तथा गोरखा र दार्चुलाका एकएक नेपाली गाउको सिमा अतिक्रमण भएको सरकारी अध्ययन टोलीले जानकारी दिएको छ ।