‘सांसदमाथि प्रहरीको दमनले सरकार क्रूर तानाशाही भएको प्रमाणित भयो’

‘सांसदमाथि प्रहरीको दमनले सरकार क्रूर तानाशाही भएको प्रमाणित भयो’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पश्चिमी रुकुम सोती घटनाका दोषीलाई कारवाहीको माग गर्दै प्रधानमन्त्री केपी ओलिलाई ज्ञापनपत्र बुझाउन गएका सांसदमाथि प्रहरीले लाठी प्रहार गरेको छ ।

संयुक्त दलित राजनीतिक संघर्ष समितिका तर्फबाट बुधबार प्रधानन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका सांसद लक्ष्मी परियार, बिमला नेपाली एवं पूर्बसांसद जीवन परियार सहित १५ जनाको टोलीलाई प्रहरीले बालुवाटार गेट अगाडि लाठीचार्ज गरि घाइते बनाएको हो ।

त्यसक्रममा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीको लाठी प्रहारबाट सांसद परियारको तीन वटा औँलामा चोट लागेको छ ।

सांसद डिला संग्रौला पन्तले घटनाको भत्र्सना गरेकी छन् । सांसद संग्रौलाले सांसदमाथि प्रहरीको दमनले सरकार क्रूर तानाशाही भएको प्रमाणित गरेको बताइन् ।

‘प्रजातान्त्रिक सरकारले कदापि यस्तो काम गर्न सक्दैन । प्रजातन्त्रमा हरेक नागरिक एबम विभिन्न संघ संगठन समुदायले सामाजिक न्याय प्राप्तिको लागि ज्ञापनपत्रमार्फत सरकारबाट संरक्षण र कानुनी दायरा मार्फत न्यायको अनुभुतिको अपेक्षा गरेका हुन्छन । तर, सरकारको यस्तो रबैयाले दलित युवाको हत्याको प्रकरणमा सरकारको कतै कनेक्सन त छैन ? भन्ने कुरा आभास भएको छ’, उनले भनेकी छन् ।

उनले पीडितलाई न्याय दिन र दोषीमाथि कडा कारबाही गर्न माग गरेकी छन् । सांसद संग्रौलाले प्रहरी ज्यादतीको भत्सर्ना गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेकी छन् ।

‘निरंकुश तानाशाहिको बाटोमा लागेको सरकार सच्चियोस । हैन भने जनताले नेकपाको सरकारलाई समयमा मुल्यांकन गर्ने नै छन्’, उनले भनिन् ।

गत जेठ १० गते ६ जनाको ज्यान जानेगरी भएको घटनाका २३ जनालाई दोषीलाई जिल्ला अदालतले थुनामा पठाएको छ । अदालतले केटीकी आमासहित चार जनालाई भने धरौटीमा छोड्न आदेश दिएको छ ।