काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले नेपालमा प्रवेश गरेका सलह किरा नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन् ।
प्रतिनिधिसभा सदस्या समेत रहेकी डा. संग्रौलाले कोरोना भाइरसको मार खेपिरहेका नेपाली जनता सलह किराको मारमा परेकाले सम्भावित क्षतिबाट जोगिनका लागि सलह नियन्त्रण गर्न सरकारसँग माग गरेकी हुन् ।
‘चारैतिरबाट नेपाली जनताले मार खेपिरहेको अबस्थामा एक्कासी सलहको बथान वा फटयांग्रोको हुलले समेत किसानलाई मर्माहत बनाइ मकैबारी,तरकारी ,धानको बिउ ,लगायत हरियो परियो ,रुखबिरुवा,झाडीलाई नस्ट बनाउने काम भैरहेको छ’, उनले भनिन् ।
उनले पार्टी र सरकारको गुटबन्दीमा रुमलिनुभन्दा अन्नको भण्डार जोहो गर्न सरकारलाई सुझाव दिएकी छन् । ‘तराईको अन्नभण्डारको रुपमा रहेका सर्लाही ,बारा, पर्सा ,रुपन्देही ,पाल्पा आदि जिल्लामा सलहको बथान देखापरिसकेको अबस्थामा यस्लाइ अबिलम्ब नियन्त्रण गरियोस् सरकार ! पार्टी र सरकारको गुटबन्दीमा रुमलिनु भन्दा अन्नभन्डारको जोहो गर्ने तिर लाग्ने हो कि सरकार ?’, उनले भनिन् ।




प्रतिक्रिया