रुकुम पश्चिममा महिलामाथि कुटपिट गर्ने नगरप्रहरीलाई कारबाही गर्न डिला संग्रौलाको माग

रुकुम पश्चिममा महिलामाथि कुटपिट गर्ने नगरप्रहरीलाई कारबाही गर्न डिला संग्रौलाको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले रुकुम पश्चिममा महिलामाथि भएको अमानवीय घटनाको भत्र्सना गरेकी छन् ।

केही दिन अगाडि सामाजिक सञ्जालमा रुकुम पश्चिममा एक जना महिलालाई नगर प्रहरीले कुटपिट गरेको घटनाले देशमा न्याय हराएको भान भएको बताएकी छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९ की नेहा बिस्टमाथि जेठ १ गते नगरप्रहरीले कुटपिट गर्दै अमानवीय व्यवहार गरेको थियो ।

‘यतिका दिनसम्म सरकारले चासोदेखाइ छानबिन नगर्नुले कानुनी राज्यको उपहास भएको छ । शान्ति सुरक्षा र न्याय दिन खटिएको सुरक्षा निकायबाट नै यस्तो पाशबिक घटना हुन्छ भने जनताले कसबाट न्याय पाउने ? के न्याय हराएकै हो अब ?’, उनले प्रश्न गरेकी छन् ।

सांसद संग्रौलाले उक्त घटनाको विषयमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन पनि सरकारसँग माग गरेकी छन् । त्यस्तै उनले पीडित महिलालाई न्याय दिन पनि सरकारसँग माग गरेकी छन् ।

त्यस्तै नेपाली कांग्रेस वडाकार्यसमिति आठविसकोट नगरपालिकाले पनि घटनाबारे चासो व्यक्त गरेको छ । उसले जेठ १ गते घटेको घटना अझै गुपचुपमै राखिनु शंका विषय भएको भन्दै पीडित महिलालाई न्या दिन सरकारसँग माग गरेको छ ।