डिलाको प्रश्नः सरकार र प्रतिपक्षले जनताको हितमा कहिले काम गर्ने ?

डिलाको प्रश्नः सरकार र प्रतिपक्षले जनताको हितमा कहिले काम गर्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले सरकार र प्रतिपक्षी दलले जनता हितका लागि काम नगरेको गुनासो गरेकी छन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी डा. संग्रौलाले कोरोना भाइरसका पुनः लकडाउन गर्नुपर्ने अवस्था आइसकेको बताउँदै जनता निराश बनेको बताइन् ।

‘जनताका आउँदा दिनहरू अत्यन्तै कष्टपुर्ण र निराशाले छाउने संकेत देखापरिसकेको छ । कोरोनाको संक्रमण बढी सम्पुर्ण देश नै लकडाउनमा पुनः फर्कने स्थिति देखापरिसकेको छ । बाढी पहिरोले धनजनको बिनाश भइ नै रहेको छ’, उनले भनिन, ‘यसलाई समुचित ब्यवस्थापन गर्न सकिएको छैन । सरकार भने पार्टीको आन्तरिक संघर्समा रुमलिरहेको छ । प्रतिपक्षी पार्टी पनि १४ औ महाधिवेशनको जोडघटाउमा लागि रहेको छ ।’

त्यस्तै उनले सरकारी सम्यन्त्र र प्रतिपक्षीका सबै निकायहरु जनताको हितमा परिचालन हुन नसकेको बताएकी छन् ।

‘आफुलाई शक्तिशाली बनाइ सत्तामा कसरी रमाइ राख्ने भन्ने कुरामा नै तल्लीन छन् । बिचौलिया, घुसखोरी, भ्रस्टचारीहरुको बिगबिगी छ । कार्यपालिका ,ब्यबस्थापिका,न्यायपालिकाहरुले आफ्नो जिम्मेवारी कुशलतापुर्बक निर्बाह गर्न सकिरहेका छैनन्’, उनले भनिन,

उनले देश अधोगतीतर्फ गइरहेको अवस्थामा सरकार र प्रतिपक्षले जनताको बाचा कहिले पूरा गर्ने भन्दै प्रश्न गरेकी छन् ।

‘देश क्रमशः अधोगती तर्फ गै रहेको छ । सत्तामा वा प्रतिपक्षमा बस्ने जोकोही हामीले जनतालाई दिएको बाचा कहिले पूरा गर्ने हो ? सरकार र प्रतिपक्षले जनताको हितमा कहिले काम गर्ने ? कि राजनीति भनेको जनतालाई जसरी पनि अल्मल्याइ सत्तामा पुग्ने र मनपरी गर्ने मात्र हो र ? ’, उनले प्रश्न गरिन ।