काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले सबै सांसदहरुले दसैंभत्ता पावतको रकम फिर्ता गर्नुपर्ने बताएकी छन् ।
सांसद संग्रौलाले कोरोना भाइरसको महामारीका कारण जनता विचल्लीमा परेको अवस्थामा सांसदहरुले पाएको दशैं भत्ता वापतको रकम कांग्रेस संसदीय दलले सामूहिक निर्णय गरेर फिर्ता गर्नुपर्ने बताएकी छन् ।
‘सासंदहरुलाइ दसैं खर्च बितरणको प्रसङ्ग र कोरोना महामारीको परिक्षण र उपचार ब्यक्ति आफैले गर्नु पर्ने सरकारको निर्णय प्रति आम नेपाली जनता सामाजिक सन्जाल मार्फत समेत आक्रोसित बन्नपुगेका छन्’, उनले भनिन्, ‘एक/दुई जना सासंदले दसैं खर्च फिर्ता गरेर मात्र हुन्न । सिंगो संसदीय दलले सामूहिक निर्णय गरि सबै सासंदले पाउने दसैं खर्चको रकम कोरोना परिक्षण र उपचार खर्चमा लगाइनु पर्दछ ।’




प्रतिक्रिया