राजावादी सल्बलाएपछि डिला संग्रौलाको चेतावनी: बहानाबाजी जनतालाई सह्य छैन

राजावादी सल्बलाएपछि डिला संग्रौलाको चेतावनी: बहानाबाजी जनतालाई सह्य छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले देशका विभिन्न शहरमा राजावादीहरुको प्रर्दशनबारे समयमै सचेत रहन आग्रह गरेकी छन् ।

‘राजा आउ देश बचाउ’को नारा लागिरहेका बेला डा. संग्रौलाले आगोको सानो झिल्कोलाई समयमै निभाउन आग्रह गरेकी छन् । उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको विवाद र नेपाली कांग्रेसको मौनताका कारण परिबर्तन बिरोधि दक्षिण पन्थी शक्ति सल्बलाउन पुगेको बताएकी छन् ।

‘मुलतः कम्युनिस्ट सरकारको अराजकता र प्रतिपक्षी दल समेतको शिथिलताको परिणामस्वरूपले परिबर्तन बिरोधि दक्षिण पन्थी शक्ति सल्बलाउन पुगेका छन् ।आगोको सानो झिल्कोलाई समयमै निभाउने काम गरौं’, उनले भनेकी छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेकी डा. संग्रौलाले दस बर्षको हिंसा र २०६२/६३ को परिबर्तन पछि १४ बर्ष हुँदा पनि आमजनताले अपेक्षा गरेअनुसार अनुभुती प्राप्त गर्न नसक्दा र भ्रष्टाचार, आन्तरिक मामिलामा बाहिरी चलखेल ,धर्म परिबर्तन ,कुशासन आदिलाई ब्वबस्थित गर्न नसक्दा उब्जिएका प्रश्नहरुले अन्योलता छाएको बताएकी छन् ।

‘जबजब गणतन्त्रबादी शक्तिहरुको बिचमा बिचलन देखापर्दछ तबतब दक्षिणपन्थी शक्ति सलबलाउदै लोकतान्त्रिक ब्यबस्था फेल भएको र जनतामा बितृस्णा उत्पन्न भएको भनी सुनियोजित रुपमा प्रदर्सन हुनेगरेको छ’, उनले भनिन्, ‘यसैलाई बहानाबाजी बनाइ ब्यबस्थाप्रति लान्छना लगाउनु कदापि नेपाली जनतालाई सह्य छैन । लोकतन्त्रको विकल्प लोकत्रन्त्रमात्र हुनसक्छ नकि एकात्मक राजाबादी शासन ।’

उनले राजा र धर्म फरक चीज भएको बताउँदै दस जनाको बुद्धि नपुगेको ठाउँमा एक जनाको बुद्धि पुग्ने भए पहिले किन हटाएको ? अब फेरि किन खोजेको ? भन्दै प्रश्न गरेकी छन् ।

‘यसको बिमर्श हुन जरुरी छ । धर्म र राजा एकै होइन । धर्मले सबैको हित चिताउदछ।राजा मान्छे हुने भएकाले राम्रो नराम्रो दुबै हुन सक्छ । संसारका कुनै धर्म खराब छैनन् तर राजाहरु प्रशस्त खराब छन् इतिहासमा’, डा. संग्रौलाले भनिन् ।