केपी ओली हिटलरी शासनमा रुपान्तरण हुँदैछन्ः डिला संग्रौला

केपी ओली हिटलरी शासनमा रुपान्तरण हुँदैछन्ः डिला संग्रौला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले सोमबार नागरिक अगुवामािथ भएको प्रहरी दमनको विरोध गरेकी छन् ।

तत्कालिन प्रतिनिधिसभा सदस्यसमेत रहेकी नेतृ संग्रौलाले नागरिक अगुवाहरुको शान्तिपूर्ण आन्दोलनमा लाठी र पानीका फोहोरा सहितबाट दमन गर्नु सरकार पूर्णत निरंकुशता तर्फ अग्रसर हुँदै गरेको प्रमाणित हुने बताइन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली हिटलरी शासनमा रुपान्तरण हुँदै गएको आरोप लगाइन् ।

‘नेकपा भित्रको आपसी स्वार्थ र शक्ति संघर्सले गर्दा हठात रुपले प्रधानमन्त्री केपी ओलिले प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्र र संविधानको खिल्ली उडाउदै देशलाई भडखालोमा हालेको बर्तमान सन्दर्भमा नागरिक समाजको शान्तिपूर्ण अभियानमा लाठी र पानीका फोहोरा सहितबाट दमन गर्नु सरकार पूर्णत निरंकुशता तर्फ अग्रसर हुँदै संविधान र नागरिकहरुको हक अधिकारको विरुद्धमा उत्रिएको मात्र हैन कि केपी शर्मा ओली अब बहुदलिय प्रजातान्त्रिक पद्धतिबाट हिटलरी शासनमा रुपान्तरण हुँदैछन भन्ने प्रहरीको बर्बर दमन र धरपकडबाट नेपाली जनताले आभास गरेका छन्’, उनले भनिन् ।

नेतृ संग्रौलाले असंवैधानिक र अलोकतान्त्रिक निर्णयविरुद्धमा नागरिक समाजको आन्दोलनलाई थप उर्जा सहित सम्पुर्ण राजनैतिक दलहरु दमनकाबिरुद्ध एकाकार भई संविधान र लोकतान्त्रिक पद्धतिको रक्षार्थका लागि एक जुट हुनुपर्ने बताएकी छन् ।