काठमाण्डु – नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले स्वार्थमा रुमलिएको सरकारलाई करेक्सन गर्नुपर्ने बताएकी छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी सांसद संग्रौलाले नागरिकहरु कोराना संक्रमणले ग्रस्त भएको अवस्थामा सरकार कमिसनको खेलमा लागेको भन्दै सरकारलाई नै करेक्सन गर्नुपर्ने बताएकी हुन् ।
‘स्वार्थ लिप्सामा रुमलिएको सरकारलाई नै करेक्सन गरौं । खोप खरिद गर्न ३५ करोड कमिसनको खेलमा चुर्लुम्ब डुबेको समाचार सम्प्रेषणले सरकारको असली अनुहार नेपाली जनता समक्ष उदाङिएको छ’, उनले भनेकी छन् ।
सांसद संग्रौलाले कोरोना महामारीले नागरिकहरु उपचार नपाएर मृत्युवरण गर्नुपरेको अवस्थामा सरकार स्वार्थ र आफ्नो कुर्सी बचाउन जुनसुकै हर्कत गर्न उद्दत रहेको बताइन् ।
‘मुलुकमा कोरोनाको दोश्रो संक्रमण तिब्र बनेसगै बिमारिले बेड,अक्सिजन र आबस्यक स्वास्थ्य परामर्श समेत नपाइरहेको अबस्था एबम बिमारिले उपचार नपाइ तड्पी तड्पी मर्नु परेको दर्दनाक स्थितिमा रहदा पनि जनताको अबिभावक बनेको सरकार भने शक्ति ,स्वार्थ र आफ्नो कुर्सी बचाउन जुनसुकै हर्कत गर्न पछि नपरी यस्तो महामारिको स्थितिमा पनि सरकार जनता प्रती उत्तरदायित्व बन्न सकेन’, उनले भनेकी छन् ।
सांसद संग्रौलाले अब जनता स्वयं सचेत र सजग रहन आबस्यक रहेको र जनताको सामूहिक प्रयासले मात्र सरकारलाई दबाब दिई बड्दो महामारिलाई न्यूनीकरण र नियन्त्रण गर्न समर्थवान हुन सक्ने विश्वास व्यक्त गरेकी छन् ।




प्रतिक्रिया