जयसिंह धामी प्रकरणबारे गृहमन्त्रीलाई सांसद संग्रौलाको प्रश्नः सत्यतथ्य के हो ?

जयसिंह धामी प्रकरणबारे गृहमन्त्रीलाई सांसद संग्रौलाको प्रश्नः सत्यतथ्य के हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौला पन्तले दार्चुलामा भारतीय एसएसबीले तुईन काटेर बेपत्ता भएका जयसिंह धामीका विषयमा सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले जयसिंहको अवस्था पत्ता लगाउन र उनको परिवारलाई परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेकी हुन् । गृहमन्त्री बालकृष्ण खाँडलाई प्रश्न गर्दै उनले सत्यतथ्य पत्ता लगाउन माग गरेकी छन् ।

‘महाकाली नदीको तुइन तर्दै गर्दा जयसिंह धामीको तुइन काटिएर नदीमा बेपत्ता भए । भर्खरै गृहमन्त्रीले भन्नुभयो, ‘छानविन समिति बनेको छ । उनको लासलाई खोजी भइरहेको छ ।’ म उहाँलाई प्रश्न राख्न चाहन्छु–सत्यतथ्य के हो ?’ सांसद संग्रौलाले भनिन्, ‘कुटनीतिक र राजनीतिक वार्ता थालिनी गरिदिनुपर्यो । पीडित परिवारको क्षतिपूर्ति जयसिंह धामीको लागि गृहमन्त्री उभिनुपर्छ । छानविन समितिले त्यही तथ्यमा रहेर सत्यतथ्य ल्याउनुपर्छ ।’

धामी भारतीय सीमा सुरक्षा बल एसएसबीले साउन १६ गते तुइन काटिदिएपछि तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका छन् । उनको अवस्था अझै अज्ञात रहेको छ ।