उपचारका क्रममा रवि लामिछानेका सवारी चालककाे निधन


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापाको उपचारको क्रममा निधन भएको छ । सभापति लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका गाडी चालक दिलबहादुरको मंगलबार उपचारको क्रममा निधन भएको हो ।

उनको मंगलबार दिउँसो साढे एक बजेको करिब निधन भएको ललितपुरस्थित मेडिसिटी अस्पताल स्रोतले जानकारी दिएको छ । वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट लडेर दिलबहादुर सख्त घाइते भएका थिए । त्यसपछि सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचार गरिएको थियो ।

टाउकोमा गहिरो चोट लागेका थापाको भरतपुरमा नै शल्यक्रियासमेत गरिएको थियो । उनलाई वैशाख ५ गते मंगलबार सेनाको हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement