अवैध उत्खननको विरोधमा मारिएका दिलीपको परिवारलाई ५ लाख दिने प्रदेश सरकारको निर्णय

अवैध उत्खननको विरोधमा मारिएका दिलीपको परिवारलाई ५ लाख दिने प्रदेश सरकारको निर्णय


जनकपुरधाम – प्रदेश २ सरकारले नदी उत्खननको विरोधमा मारिएका दिलीप महतोको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।

सोमबार बसेको प्रदेश २ सरकारको मन्त्रिपरिषद् बैठकले धनुषाको मिथिला नगरपालिका–५ का दिलीप महतोको परिवारलाई आर्थिक सहयोग रकम वापत ५ लाख दिने निर्णय गरेको प्रदेशका मुख्यन्यायाधीवक्ता दिपेन्द्र झाले जानकारी दिए ।

अवैध उत्खननको विरोध गर्दै आएका दिलीपको शुक्रबार बिहान ट्रकले किचेर हत्या भएको थियो ।