प्रधानमन्त्रीलाई डिलाकाे प्रश्न : यतिसँग सति किन गएको ?

प्रधानमन्त्रीलाई डिलाकाे प्रश्न : यतिसँग सति किन गएको ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ –  नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले केपी ओलीको राष्ट्रवाद, सुशासन र समृद्धिको गफ दिएर जनमत हासिल गरेको सरकार यति समूहसँगै किन सति गयो प्रधानमन्त्री ज्यु भन्दै प्रश्न गरेकी छन् ।

वर्तमान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको दुई बर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री ओलीले शनिबार प्रतिनिधिसभालाई आफू नेतृत्वको सरकारका उपलब्धिको व्याख्या सुनिसकेपछि प्रधानमन्त्रीलाई प्रश्न सोध्दै त्यसको जवाफ माग गरेकी हुन् ।

राष्ट्रवाद, सुशासन र समृद्धिको नाममा जनमत बटुलेको सरकारले कुनै एक व्यवसायीक समूहलाई फाइदा पुग्ने गरी यति समूहलाई नेपाल ट्रष्ट मातहत रहेको राष्ट्रिय सम्पत्तिलाई आफूअनुकुल ऐन संसोधन गरेर नितिगत भ्रष्टाचार भएको भन्दै सर्वत्र आलोचना भैरहेको छ ।