हिंसा रोक्न सेना परिचालन गरौं : मुख्यमन्त्री केजरीवाल


एजेन्सी – भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन ऐनको विषयलाई लिएर दुई पक्षबी्च भएको झडपमा मृत्यु हुनेको संख्या २० पुगेको छ । बीबीसीका अनुसार २० जनाको ज्यान गइसकेको छ भने १८९ जना घाइते भएका छन् ।

दिल्लीमा हिंसा बढ्दै गएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय सरकारलाई सेना परिचालन गर्न आग्रह गरेका छन् । उनले ट्विट गर्दै प्रहरीको सक्दो प्रयासबाट पनि शान्ति नभएपछि सेना परिचालन गरी कर्फ्यू जारी गर्नुपर्ने बताएका हुन् ।

दिल्ली उच्च अदालतले मध्यरातमा घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न आदेश दिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दुई दिने भारत भ्रमणका क्रममा दिल्लीका विभिन्न क्षेत्रमा थप हिंसा चर्किएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement