संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन चाहेन : मुख्यमन्त्री चौधरी


बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन नचाहेको गुनासो गरेका छन् ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा बुधबार दाङमा आयोजित संविधान दिवस सम्बन्धी कार्यक्रममा मुख्यमन्त्री चौधरीले संविधानले दिएका अधिकारहरू कार्यान्वयन नहुँदा जटिलता आइरहेको बताए ।

संविधानले तोकेको अधिकार दिन संघीय सरकारले नचाहँदा संघीयता कार्यान्वयनमा समस्या रहेको उनले बताए ।

संविधान कार्यान्वयनमा संघीय सरकारले बाधा पुर्‍याइरहेको बताउँदै मुख्यमन्त्री चौधरीले संविधान अनुसार अधिकार बाँडफाँट हुनुपर्ने बताए ।

भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने, सबै खाले विभेदको अन्त्य गर्ने विषयमा संविधान उत्कृष्ट रहेको उनले बताए । संविधान कार्यान्वयनका विषयमा सबै निकायबीच समन्वय र सहकार्य हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement