दिल्लीमा वायु प्रदूषण खतरनाक स्तरमा, ट्रक प्रवेशमा प्रतिबन्ध


एजेन्सी – दिल्लीमा वायु प्रदूषणको स्तर ‘सिभियर प्लस’ पुगेको छ, त्यसलाई ध्यानमा राख्दै दिल्लीमा प्रदूषण गर्ने ट्रकको प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।

उत्तर भारतमा पराल जलाउने कारण दिल्लीमा वायु प्रदुषण निकै बढेको हाे । दिल्ली-एनसीआरको हावा विगत सात दिनदेखि विषाक्त बनेको छ। यो हावा यति खतरनाक छ कि यसले स्वस्थ मानिसको श्वासप्रश्वास प्रणालीमा समेत गम्भीर असर पार्न सक्छ ।

सोमबार बिहान ८ बजे दिल्लीको वायु गुणस्तर सूचकांक ५०० को नजिकै रह्यो। आइतबार साँझ ४ बजे सूचकांक ४५० थियो । केन्द्र सरकारले आफ्नो वायु प्रदूषण नियन्त्रण योजना अर्थात् ग्रेडेड एक्शन प्लानको अन्तिम चरण-IV अन्तर्गत सबै आपतकालीन उपायहरू लागू गर्ने निर्णय गरेको छ।

दिल्ली प्रदूषण नियन्त्रण समितिका अनुसार, नोभेम्बर १ देखि नोभेम्बर १५ सम्म दिल्लीमा प्रदूषण चरम सीमामा हुनेछ, यस अवधिमा पञ्जाब र हरियाणामा पराल जलाउने घटनाहरूको संख्या बढ्नेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement