प्रदेश प्रमुखबाट संविधानमाथि छलकपट भयो : निवर्तमान मुख्यमन्त्री चौधरी

प्रदेश प्रमुखबाट संविधानमाथि छलकपट भयो : निवर्तमान मुख्यमन्त्री चौधरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेश प्रमुखबाटै संविधानमाथि छलकपट भएको बताएका छन् ।

प्रदेश सभाको चौथो अधिवेशनको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री नियुक्त गर्ने विषयमा कुनै प्रदेश प्रमुखले सूचना जारी गरेर समय दिने र केही प्रदेशका प्रमुखले सिधै मुख्यमन्त्री नियुक्त गर्ने गरेको गुनासो गरे ।

लुम्बिनीमा बिहीबार मुख्यमन्त्री चौधरीले राजीनामा दिएपछि शुक्रबार दाबी पेश गरी शुक्रबार नै अर्काे मुख्यमन्त्री नियुक्त गरिएकोमा उनको असन्तुष्टि थियो । चौधरीले भने, ‘प्रदेश प्रमुखले संविधान पल्टाउन छाडेको अवस्था छ, आफूखुशी नियुक्ति गर्ने थिति बस्यो, मलाई लाग्छ प्रदेश प्रमुखहरूबाटै संविधान संकटमा पर्ने भयो, अब प्रदेश प्रमुख संविधानलाई माया गर्ने हुनुपर्‍यो ।’

संघीयताका लागि प्रदेश सरकार लड्नुपर्ने अवस्था रहेको आफ्नो अनुभव रहेको र त्यसमा आफूहरूले साथ दिने प्रतिबद्धता जनाउँदै उनले कर्मचारी संयन्त्रमा संघीयता नआएका कारण अर्को चुनौती थपिएको बताए ।

‘प्रदेश प्रममुखले २३ गते राजीनामा स्वीकृत गरिएको छ, २३ गते नै नियुक्ति भएको छ मुख्यमन्त्री । यस्तो पनि हुन्छ ? यो त संविधानमाथि छलकपट भयो,’ कांग्रेस सांसद बीरबहादुर रानाले भने । सरकारलाई विश्वासको मत दिन नसक्ने जनाउँदै उनले विपक्षमा बस्ने बताए ।