एजेन्सी – दिल्ली हिंसाका आरोपी दीप सिद्धू पक्राउ गरेका छन् । करिव १५ दिन फरार रहेका दिल्ली हिंसाका मुख्य आरोपी पञ्जाबी अभिनेता सिद्धू मंगलबार दिल्ली प्रहरीको फेला परेका हुन् ।
उनी गत २६ जनवरीका दिन भारतको राजधानी नयाँ दिल्लीमा भएको हिंसाका मुख्य आरोपीहरु मध्येका एक हुन् । उनलाई कहाँबाट गिरफ्तार गरिएको हो भन्ने सार्वजनिक गरिएको छैन् ।
प्रहरीले यी अभिनेतामाथि एक लाख भारुको इनाम समेत राखेको थियो, तर यी सबैका बीच दीप सिद्धूले एकपछि अर्को गर्दै भिडियो सन्देशहरु सार्वजनिक गरिरहेका थिए ।
भनिन्छ, उनले जुन भिडियो सामाजिक सञ्जालमा अपलोड गर्छन्, त्यसको पछाडि सिद्धूकी एक नजिककी महिला मित्रको सहयोग छ ।प्रहरीका अनुसार दीप सिद्धू भिडियो बनाउँथे, तर त्यसलाई उनकी महिला मित्रले अपलोड गर्थिन् ।
ती महिला मित्र भारतभन्दा बाहिर बसेर सिद्धूको भिडियो अपलोड गर्ने प्रहरीको दावी छ । यसका पछाडि सिद्धूको योजना गुप्तचर संस्थालाई भड्काउनु रहेको प्रहरीको अनुमान छ । अर्थात, दीप सिद्धू एक व्यवसायिक अपराधीले झैं प्रहरीसंग लुकामारीको खेल खेलिरहेका थिए ।
त्यसो त, हालै मात्र यी पञ्जाबी अभिनेताले एउटा भिडियो जारी गरेर भनेका थिए, ‘मैले केही पनि गलत गरेका छैनन्, त्यसैले मलाई कुनै डर छैन ।’ उनी उक्त घटनासंग सम्बन्धित प्रमाणहरु जुटाइरहेका थिए र दुई दिनपछि प्रहरी समक्ष प्रस्तुत गरिने बताइएको छ ।
२५ जनवरीका दिन उपद्रोहीहरुको भिडले दिल्लीको लाल किल्ला पुगेर उत्पात मच्चाएका थिए र आफ्नो झण्डा फहराएका थिए ।




प्रतिक्रिया