प्रशासकीय अदालतको अध्यक्षमा डिल्लीराज घिमिरे नियुक्त

प्रशासकीय अदालतको अध्यक्षमा डिल्लीराज घिमिरे नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले प्रशासकीय अदालतको अध्यक्षमा डिल्लीराज घिमिरेलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वसचिव घिमिरेलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कानुन सचिवबाट उनले अवकाश पाएका थिए ।

यस्तै, अदालतको सदस्यमा रीता मैनाली र कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् । मैनालीलाई कानुन क्षेत्रबाट नियुक्त गरिएको हो । पौडेल न्याय सेवाका कर्मचारी हुन् ।