काठमाण्डु – नेपाल प्रहरीको साइबर ब्यूरोले डिल्लीराम खनाललाई पक्राउ गरेको छ । उनलाई बिहीबार मध्यान्ह १२ बजे बानेश्वरबाट नियन्त्रणमा लिएको साइबर ब्यूरोका प्रहरी निरीक्षक राजकुमार खड्गीले जानकारी दिए ।
केही दिन अघि युट्यूव अन्तर्वार्तामा आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उनीविरुद्ध उजुरी दिएकी थिइन् । खनाललाई जिल्ला अदालतमा म्याद थप्नका लागि लगिएको ब्यूरोले जनाएको छ । खनाल पछिल्लाे समय यूटयुवमा चर्चित छन् ।




प्रतिक्रिया