डिमा एकेडेमी : सैनिक अधिकृत क्याडेटको तयारीका लागि अब्बल गन्तव्य

डिमा एकेडेमी : सैनिक अधिकृत क्याडेटको तयारीका लागि अब्बल गन्तव्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशभित्र बेरोजगारीको समस्या व्याप्त भएर ऊर्जावान युवाहरू विदेश पलायन भइरहेको अवस्थामा पनि कतिपय युवाहरू सरकारी सेवाहरूमा अब्बल सावित हुँदै आएका छन् । युवाहरू सरकारी सेवामा अब्बल हुनुमा व्यक्तिगत मेहनत तथा उत्कृष्ट प्रशिक्षण र मार्गनिर्देशनको भूमिका रहन्छ ।

सरकारी सेवाहरूमा प्रवेश गर्न लोक सेवा, शिक्षक सेवा, सुरक्षा निकायका प्रतिस्पर्धामा पटक–पटक सहभागी हुँदा पनि कतिपय व्यक्ति सफल हुन सक्दैनन् भने केही व्यक्ति पहिलो प्रयासमा सफल हुने गरेका उदाहरण पनि देखिन्छन् । यसमा उम्मेदवारको पढ्ने तरिका, पर्याप्त तयारी, समय व्यवस्थापन जस्ता कुरा महत्त्वपूर्ण मानिन्छन् ।

पछिल्लो समय सरकारी सेवा प्रवेश गर्न चाहने उम्मेदवारहरूको तयारी कक्षाका लागि विभिन्न प्रशिक्षण केन्द्र सञ्चालनमा छन् । तर उम्मेदवारहरूले उत्कृष्ट प्रशिक्षण केन्द्र छनोट गर्न नसक्दा पछुताउने अवस्था आउँछ ।

सञ्चालनमा रहेका विभिन्न प्रशिक्षण केन्द्रमध्ये सैनिक अधिकृत क्याडेटको तयारीका लागि डिमा एकेडेमीले भर्ना लिँदै आएको छ । एकेडेमीका निर्देशक अमिर अधिकारीले डिमामा भर्ना भएका उम्मेदवारलाई भूतपूर्व सैनिक अधिकृत र अनुभवी प्राध्यापकहरूले प्रशिक्षण दिने जानकारी दिए ।

‘काठमाण्डुको बागबजारमा २५ वर्षअघि अर्थात् २०५६ सालमा स्थापित डिमा एकेडेमी सेनाको अधिकृत क्याडेट तयारी गराउने नेपालकै पहिलो र सर्वाेत्कृष्ट संस्था हो,’ उनले भने, ‘यस वर्ष ६५औं बेसिकमा प्रथम स्थान लगायत ८९ प्रशिक्षार्थीलाई अधिकृत क्याडेट बनाउनुका साथै हालसम्म २५०० भन्दा बढी सैनिक अधिकृत भइसकेका छन् ।’

डिमाले भौतिक तथा अनलाइन कक्षा सञ्चालनका साथै होस्टेलको व्यवस्था समेत गरेको डिमा प्रशासकीय निर्देशक कविराज निरौलाले जानकारी दिए । ‘प्रशिक्षणमा शारीरिक, मानसिक, लिखित, बौद्धिक पक्षलाई ध्यान दिन्छौं,’ उनले भने, ‘उम्मेदवारले उमेर छँदै उत्कृष्ट एकेडेमीलाई छान्न सक्नुपर्छ, नत्र उमेर गएपछि पछुताउनुको विकल्प हुँदैन । प्रतिस्पर्धामा सफल हुन डिमा एकेडेमीलाई रोज्नुपर्छ ।’