नेपाली कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने महालक्ष्मी उपाध्याय ‘डिना’को घोषणा

नेपाली कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने महालक्ष्मी उपाध्याय ‘डिना’को घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । पूर्वसांसद समेत रहेकी उपाध्यायले पार्टीको १४ औं महाधिवेशनमा सह–महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन ।

उपाध्यायलाई प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो समूहबाट सह-महामन्त्रीमा टिकट दिने निश्चित समेत भइसकेको छ । पार्टीभित्र महिलाको समान उपस्थिति जनाउन आफुले उमेद्वारी दिने तयारी गरेको उनको भनाइ छ ।

‘पहिलोपटक पार्टीभित्र निर्वाचित भएर आउँदा केन्द्रीय समितिमा दुईजना मात्र महिलाको उपस्थिति थियो । दुईबाट ६ जना बनायौं । त्यसपछि एक तिहाइ महिलाको सुनिश्चिततका लागि विधान समितिमा बसेर पटकपटक सशक्त आवाज उठाउँदै आएको छु,’ उनले भनिन्, ‘नेपाली कांग्रेसको जुन सिद्धान्त र आदर्श छ, यसलाई निरन्तरताका रूपमा गन्तव्यमा पु¥याउन नेपाली कांग्रेसले चाहेको र नेतृत्वले दिएको विचार र जिम्मेवारी छ, त्यसलाई निर्णायक तहमा पु¥याउने काममा निरन्तर लागिपरेकी छु । त्यसका लागि पनि मेरो उम्मेदवारी हो ।’

 

पदाधिकारीमा रहदा नेतृत्वलाई दवाब दिन सहज हुने भएकाले उम्मेदवारी दिने तयारी गरेको उनले बताइन् । पूर्वमन्त्री समेत रहेकी नेतृ उपाध्याय सभापति शेरबहादुर देउवा निकट मानिन्छिन् ।

को हुन् डिना उपाध्याय ?
महालक्ष्मी अर्याल उपाध्याय नेपाली काँग्रेस भित्र डिना उपनामले चिनिन्छिन् । नेपाली कांग्रेसको राजनीतिमा लागेकी डिना विभिन्न कालखण्डमा जेल जीवनदेखि मन्त्रीसम्म बनेकी छन् । हजुरबुवाको सकृयता देखेर उनी राजनीति प्रति प्रेरित बनेकी हुन् । उनका हजुरबुवा उदयनाथ अधिकारी नेपाली कांग्रेस चितवनका संस्थापक सभापति थिए ।

राजनीति गरेकै आधारमा अधिकारी पटकपटक जेलमा समेत परेका थिए । घरकै मुल व्यक्ति राजनीतिमा लागेकाले अन्य सदस्यहरुलाई राजनीति बुझ्न त्यति असहज भने भएन । उदयनाथ जेलमा रहदा उनको घरमा राजनीतिक बिषयमा नै चर्चा हुने गर्दथ्यो ।

डिना मात्र होइन उनका दाजुदिदीहरू पनि नेविसंघको सक्रिय राजनीतिमै थिए । जव डिना काठमाण्डुको पद्मकन्या क्याम्पस भर्ना भइन त्यो बेला नेपालमा पञ्चायत विरुद्धको आन्दोलन चलिरहेको थियो । नेपाली कांग्रेसले आन्दोलनको नेतृत्व गरिरहेको थियो । उक्त आन्दोलनमा डिना पनि सकृय भएर लागेकी थिइन् । पञ्चायत शासनको अन्त्य र प्रजातन्त्र पु्नर्बहालीको आन्दोलनमा डिना सकृय भइन । त्यसबाट राजनीति अझ नजिकबाट बुझ्ने अवसर मिलेको डिनाको भनाई छ ।

२०४२ सालमा नेपाली कांग्रेसले आह्वान गरेको सत्याग्रहमा पनि अग्रपन्थिमा रहेर काम गरेको अनुभव उनिसंग छ । सत्याग्रहमा लागेका बेला उपाध्याय जेलमा समेत परेकी थिइन् । जेलमा रहदा गिरीजा प्रसाद कोइराला ,नोना कोइराला, सुशिल कोइराला र शैलजा आचार्य लगायतका नेताहरुसंग उनको भेट भएको थियो ।

जेलमै रहँदा महिलाका हिंसा र महिलामाथी हुने विवेदबारे नजिकबाट बुझ्ने अवसर मिलेको उनको भनाई छ । उनमा महिलाका सवालमा काम गर्ने हुटहुटी त्यही बाट सुरु भयो । सत्याग्रको समयमा जेल पर्ने डिना परिवारकी एक्ली सदस्य भने थिइनन् । फरकफरक स्थानमा उपाध्यायका हजुरबुवा, हजुरआमा, मामाहरु समेत गरी १२ जना आफन्त जेलमा रहेका थिए ।

जेलबाट बाहिर निस्किएपछि उनि फेरी राजनीतिमै सकृय भइन् । जेलमा छँदा शैलजा आचार्यको स्कुलिङ र गिरीजाप्रसाद कोइरालालगायतका नेताहरुको विचारबाट प्रभावित उनि अझ जिम्मेवार ढंगले अगाडी बढीन् । फलतः २०४३ सालमा पद्मकन्या क्याम्पसको स्ववियु निर्वाचित भइन् ।

बहुदलसंगै दलीय राजनीतिको विकास र पार्टीका संरचनाहरु निर्माण हुन थाले । नेपाली कांग्रेस पार्टीको गाविस, नगरपालिका, क्षेत्रिय समिति सबै गठन प्रकृया र विधानका सवै संरचनाहरुलाई संगठन गर्ने क्रममा स्व.मगंलादेवि सिंहले उनलाई नेपाल महिला संघ मकवानपुरको संस्थापक सभापति बनाएकी थिईन ।

उनको राजनीतिक यात्रा अगाडी बढ्दै गर्दा २०४८ साल र २०५१ सालमा मकवानपुर जिल्लाको क्षेत्र नं. २ बाट दुईपटकसम्म संसदीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिए पनि दुबै पटक उनि पराजित भइन् । निर्वाचनमा पराजीत भएपनि उनी सकृय रुपमा समाजसेवामा लागिरहेकी छन् ।

बौद्धिक, निर्भीक, निडर स्वच्छ छविकी प्रभावशाली नेतृको रूपमा कांग्रेस वृत्तमा परिचित उपाध्यायले महाधिवेशनमा सह–महामन्त्री पदमा दाबी गरेकी छन् । उनि निकट संस्थापन पक्षबाट उनि सह–महामन्त्रीको उम्मेदवार बन्ने लगभग टुंगो लागिसकेको छ ।

यस्ता छन् एजेण्डा
नेपाली कांग्रेसको सिद्धान्त र आर्दशलाई गन्तव्यमा पु¥याउने पहिलो प्राथमिकता रहेको उनले बताएकी छन् । नेपाली कांग्रेसले चाहेको र नेतृत्वले दिएको विचार र जिम्मेवारीलाई निर्णायक तहमा पु¥याउने उनको योजना छ । साथै उनले महिलाहरूलाई निर्णायक भूमिकामा पु¥याउने गरी नेतृत्वलाई दबाव दिन आफुले उम्मेदवारी दिने तयारी थालेको बताएकी छन् ।

राजनीति सुरुवात गर्दा देखि नै महिलाको आवाज बुलन्द पार्ने अभियानमा लागेकाले यो अभियानलाई अझ सशक्त बनाउन सह–महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको उनको भनाई छ ।