यी हुन् वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति

यी हुन् वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने १ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका–१ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार पक्राउ परेका केसीमाथि ज्यान मार्ने उद्योग कसूरमा काठमाण्डु जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त सिंहदरबारबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने अन्य व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अभियुक्त रहेको मुद्दामा सहकारी पीडितको पक्षबाट बहस गरेर बाहिरिने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि काठमाण्डु जिल्ला अदालत परिसरभित्र केही व्यक्तिहरूले कुटपिट गरेका थिए ।