काठमाण्डु – बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् ।
बैतडी प्रहरीको हिरासतमा रहेका भट्टले यसअघि भागरथीलाई बलात्कार नगरेको र हत्या मात्र गरेको स्वीकार गरेका थिए । सोही स्थानका १६ वर्षीय भट्टले आफूले भागरथीको बलात्कार गरेको स्वीकार गरेका हुन् ।
बिहीबार सरकारी वकिल कार्यालयले दिनेशका बाबुलाई साथमा राखेर बयान लिएको थियो । किशोरले कक्षा ९ मा पढ्दादेखी नै भागरथीसँग रिसिबी रहेको बताएका छन् । उनका बाबु दीपकराज भट्टले छोराले आफू अगाडि नै हत्या र बलात्कार गरेको स्वीकार गरेको बताएका छन् ।




प्रतिक्रिया