भागरथी हत्या प्रकरणः पक्राउ परेका दिनेश नाबालिग, के छ कानूनी व्यवस्था ?

भागरथी हत्या प्रकरणः पक्राउ परेका दिनेश नाबालिग, के छ कानूनी व्यवस्था ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्ट नाबालिग रहेको खुलेको छ । मंगलबार साँझ पक्राउ परेका भट्ट १६ वर्ष पूरा हुन २० दिन बाँकी रहेको खुलेको हो ।

स्थानीय भूमिराज माध्यमिक विद्यालय चडेपानीमा अध्यनरत भट्टको एसईई प्रमाणपत्रमा वि.सं २०६१ फागुन १० जन्ममिति उल्लेख छ । प्रधानाध्यापक प्रजापति भट्टले उनको चारित्रिक प्रमाणपत्रमा २०६१ फागुन १० गते जन्ममिति रहेको जानकारी दिए । उनीविरुद्ध ‘बालबालिका सम्बन्धी ऐन २०७५’ को दफा ३६ आकर्षित हुने देखिएको छ ।

दफा ३६ को उपदफा ३ मा चौध वर्ष वा सोभन्दा माथि र सोह्र वर्ष भन्दा कम उमेरको बालबाललकाले कुनै कसूरजन्य कार्य गरेको भए निजलाई कानून बमोजिम उमेर पुगेको व्यक्तिलाई हुने सजायको आधा हुने व्यवस्था गरिएको छ ।

सोही उपदफाको (च) मा भनिएको छ, ‘निजलाई भएको सजायभन्दा बढी अवधि नहुने गरी बाल सुधार गृहमा बस्न लगाउने ।’

त्न्मयस्कैतै मुलुकी अपराध संहिता २०७४ को दफा ४१ मा यस संहितामा अन्य जनुसुकै कुरा लेखिएको भनिएता पनि देहायको कुनै कसुर गर्ने कसूरदारलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसूरदार जिवित रहेसम्म कैद गर्नुपर्ने भनिएको छ । उनीमाथि दफा ४१ को (च) बमोजिम कसुर लाग्नेछ । (च) मा भनिएको छ, ‘जर्बजस्ती करणी गरी ज्यान मारेको ।’

त्यस्तै दफा २१९ मा करणी गरेको कसूर उनीमाथि आकर्षित हुनेछ । उनीमाथि उपदफा (१), (२) र उपदफा (३) आकर्षित हुनेछ । उपदफा (१) मा जबरजस्ती करणी गर्न नहुने उल्लेख छ । त्यस्तै उपदफा (२) मा भनिएको छ, ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालबालिकालाई जबरजस्ती करणी गरेको मानिने छ ।’

उपदफा (३) को (घ) मा १६ वर्ष वा सोह्र वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० देखि १२ वर्ष सम्म सजाय हुने व्यवस्था गरिएको छ ।

सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले उनी नाबालक भएको सुन्नमा आएको र बलात्कार हत्याको आरोप प्रमाणित भए उनलाई सुधार गृहमा पठाइने जानकारी दिए ।

‘उनले आफ्नो उमेर १७ वर्ष बताएका छन् । विद्यालय खुलेपछि हामी उमेर यकिन गर्छौं,’ डिआइजी सुवेदीले भने, ‘पक्राउ परेका किशोर नाबालक भए र उनीमाथि बलात्कारपछि हत्याको आरोप प्रमाणित भए उनलाई सुधार गृहमा पठाइनेछ ।’