वरिष्ठ अधिवक्ता त्रिपाठीविरूद्ध अदालतको अवहेलना मुद्दा

वरिष्ठ अधिवक्ता त्रिपाठीविरूद्ध अदालतको अवहेलना मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरूद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ।

शुक्रबार जिल्ला अदालत काठमाडौंमा वरिष्ठ अधिवक्ता त्रिपाठीविरूद्ध उदयपुर घर भई काठमाडौं बस्ने दिलकुमार राईले अवहेलनाको मुद्दा दायर गरेका अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए।

त्रिपाठीले काठमाडौं जिल्ला अदालनका न्यायाधीश माधवप्रसाद अधिकारीले सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको विषयमा न्यायाधीशको कार्यक्षमतामा प्रश्न उठाउँदै अन्तर्वार्ता दिएका थिए ।

अदालतको अवहेलना गरेको भन्‍दै राईले दिएको अवहेलनाको निवेदनको पेसी आइतबारका लागि तोकिएको सूचना अधिकारी श्रेष्ठले बताए।

त्रिपाठीले सहकारी ठगी प्रकरणमा जाहेरवाला पक्षको तर्फबाट बहस गर्दै आएका छन्।