एमालेनिकट बुद्धिजीवी परिषदकाे अध्यक्षमा डा देवकोटा, १३७ सदस्यीय कमिटी चयन

एमालेनिकट बुद्धिजीवी परिषदकाे अध्यक्षमा डा देवकोटा, १३७ सदस्यीय कमिटी चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा प्रा डा दिनेशचन्द्र देवकोटा चयन भएका छन् । दशौँ राष्ट्रिय अधिवेशनले देवपकोटाको अध्यक्षतामा १३७ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मतरूपमा चयन गरेको हो । डा देवकोटा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष छन् ।

कमिटीको उपाध्यक्षमा क्रमशः विधान आचार्य, प्रा कामानन्द देव, कविता लुइँटेल, डा दीपेन्द्र भण्डारी र राधा अधिकारी, महासचिवमा गजेन्द्र थपलिया, उपमहासचिवमा गोविन्दबहादुर शाही र सुशील विक, सचिवमा क्रमशः कृष्णकुमार लम्साल, डा सुन्दर तिवारी, ऋषि खनाल, टीका ढकाल, डा दीपेन्द्र श्रेष्ठ, डा अर्जुन सिंह र यज्ञ शर्मा तथा कोषाध्यक्षमा गोपीकृष्ण न्यौपाने चयन भएका छन् ।

यही चैत २० र २१ गते आयोजित अधिवेशनले तीन आयोगमा पनि पदाधिकारी चयन गरेको महासचिव थपलियाले जानकारी दिए । अधिवेशनको उद्घाटन एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।