आठ मानिसको डिनरको बिल ७० लाख रुपैयाँ

आठ मानिसको डिनरको बिल ७० लाख रुपैयाँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – सोशल मीडियामा होटलको बिलको विषयमा विभिन्न किसिमका चर्चा हुदै आएका छन् । कही दुई केराका लागि हजारौ रुपैयाँको बिल तिर्नु परेको त कही एक ग्लास दूधका लागि केही होटलले मोटो रकम असुल गरेको पाइएको छ ।

यस्तै घटना चीनको सांघाईमा पनि भएको छ । यो होटलमा ८ मानिसले डिनर गरेको ४ लाख १८ हजार २४५ युआन अर्थात् ७० लाख रुपैयाँ भन्दा पनि बढीको बिल थमाइएको छ । होटलको यो बिलका कारण यो होटल पछिल्लो समयमा मीडियामा धेरैनै चर्चामा आएको छ ।

यो बिलमा केवल २० फूड आइटमको मात्रै उल्लेख गरिनु सबैभन्दा चर्चाको विषय भएको छ । यदी २० किसिमको परिकारका लागि ७० लाख भन्दा बढीको बिल भर्नु प¥यो भने यो ठूलै घटना हुनेछ । सांघाईको म्यागी रेष्टुँरामा दुबईबाट आएका ८ मानिस डिनरका लागि गएका थिए । चीनको एक लोकप्रिय मीडिया प्लेटफर्ममा यो बिललाई मानिसले अचम्मको दृष्टिकोणबाट हेरिरहेका छन् ।

सुरुमा होटलका कर्मचारीले यो बिललाई फर्जी भएको भन्दै फोटोशपवाला बिल भएको बताए । तर यस रेष्टँुराका मालिक तथा प्रमुख सेफ सन झाओगुओले यो बिल सक्कली भएको र आफुले यो अत्यन्त महँगो डिनर सर्भ गरेको बताए ।

म्यागी रेष्टुँराका प्रमुख सेफ सन झाओगुओका अनुसार यो डिनर दुबईबाट आएका एक ग्राहक र उनको साथीका लागि तयार गरिएको हो । यो डिनर बनाउनका लागि २ हजार वर्ष पुरानो साल्ट प्लेटको प्रयोग गरिएको थिया । यो महँगो डिनरको बिलको एक भिडियो पनि धेरैनै सेयर गरिएको थियो ।

यद्यपि चीनको बजार नियमका अनुसार यो महँगो डिनर नियमको उल्लंघन हो । तर गत बुधबार जाँच दलका केही अधिकारी रेष्टुँरामा गएका थिए । घन्टौको जाँचपछि अधिकारी फर्केर आए । तर जाँचको रिपोर्ट भने अभैmसम्म सार्वजनिक गरिएको छैन ।