दीपक र सुलभलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

दीपक र सुलभलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धानका लागि दीपक भट्ट र सुलभ अग्रवालमाथि थप ७ दिन हिरासतमा राख्न काठमाण्डु जिल्ला अदालतले अनुमति दिएको छ ।

न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निवेदन र दुवै पक्षका अधिवक्ताको बहसपछि थुनामा राख्ने आदेश दिएको हो ।

विभागले अनुसन्धान कार्य अन्तिम चरणमा पुगेको, तर थप केही प्रक्रियाहरू बाँकी रहेको भन्दै ३० दिनको म्याद थप मागेको थियो ।

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा १७ को उपदफा (४) बमोजिम थुनामा राख्न म्याद थप गरिएको छ ।

अदालतले अनुसन्धानको बाँकी कार्य पूरा गरी राय सहितको प्रतिवेदन पेश गर्न विभागलाई निर्देशन दिएको छ ।