पोखरा – गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’को राजीनामा स्वीकृत भएको छ ।
प्रदेश मन्त्रिपरिषद्मा हेरफेर हुँदा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएपछि असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका थिए ।
मन्त्री मनाङेले असन्तुष्ट हुँदै दिएको राजीनामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वीकृत गरेको प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए ।




प्रतिक्रिया