काठमाण्डु– विवादास्पद व्यापारी दीपक भट्ट पक्राउ परेका छन् । उनलाई बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले सम्पत्ति शुद्धीकरणको आरोपमा पाटनबाट पक्राउ गरेको हो ।
उनले अमेरिका, थाइल्याण्ड, अष्ट्रेलिया र दुबईमा सम्पत्ति खरिद गरेको आशंकामा अनुसन्धान भइरहेको छ।
साथै, बीमा, सेयर कारोबार, ठूला नियुक्ति, लाइसेन्स किनबेच र प्रहरी ठेक्कापट्टामार्फत अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप पनि उनीमाथि लागेको छ।
भट्ट विगत एक दशकदेखि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको संरक्षणमा ‘छायाँ सरकार’ सञ्चालन गर्दै आएको आरोप लाग्दै आएको छ। उनलाई कारबाही गर्न जेन्जी आन्दोलनकारीहरूले पटक–पटक माग उठाए पनि राजनीतिक दबाबका कारण उनी हालसम्म कानुनी कारबाहीबाट जोगिँदै आएका थिए।




प्रतिक्रिया