अर्जेन्टिना हारेपछि दीपकराजको प्रतिक्रिया- साउदी पनि घन्टी बन्यो बा !


काठमाण्डु – राजनीतिक एवं सामाजिक विषयमा आफ्नो धारणा व्यक्त गरिरहने सेलिब्रेटीमध्येमा पर्छन निर्माता एवं अभिनेता दीपकराज गिरी ।

उनले हरेक समसामयिक विषयमा आफ्नो धारणा सार्वजनिक गरिरहेका हुन्छन् । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत मंगलबार भएको खेलमा साउदी अरेबियाले अर्जेन्टिनामाथि जित निकालेपछि दीपकराजले टिप्पणी गरेका छन् ।

उपाधिको मुख्य दाबेदार रहेको अर्जेन्टिनाले पहिलो खेलमा साउदी अरेवियासँग पराजित भएपछि उक्त खेलको जीतलाई गिरीले ‘घण्टी’सँग तुलना गरेका छन् । नेपालमा भइरहेको चुनावी मतगणनमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीले प्राथमिकता पाइरहेको बेला उनले साउदी अरेवियालाई पनि घण्टीको बिम्ब दिएका हुन् । गिरीले फेसबुकमा लेखेका छन्, ‘यो साउदी पनि घन्टी बनेर आयो बा !’

मंसिर ४ मा भएको प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका उम्मेदवारले अप्रत्याशित मत ल्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement