काठमाण्डु– गण्डकी प्रदेशका सांसद राजिब गुरूङ भनिने ‘दिपक मनाङे’ ले कैद सजायमा २० प्रतिशत छुट पाएका छन्। जिल्ला अदालत काठमाडौँले शुक्रबार २० प्रतिशत कैद छुट दिन आदेश दिएको हो।
जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले मनाङेले माग गरे बमोजिम उक्त आदेश दिएका हुन् । मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत कैद छुटको माग गर्दै फागुन १२ गते निवेदन दिएका थिए।
मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क)मा अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था छ।
२० प्रतिशत छुट पाउँदा मनाङेको कैद सजाय १ वर्ष घट्नेछ।
उनलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो।
मिलन गुरूङ ‘चक्रे मिलन’ को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा २० वर्षपछि सर्वोच्चबाट मनाङेलाई ५ वर्ष कैद सजायको फैसला भएको थियो।




प्रतिक्रिया