दिपक मनाङे नेकपा प्रवेश


पोखरा – दीपक मनाङेका नामले चर्चित गण्डकी प्रदेशका एकमात्र स्वतन्त्र सांसद राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

बिहिबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पृथ्वी सुब्बा गुरुङले अबिर र माला लगाएर पार्टी प्रवेश गराएका हुन् । मनाङेकाे नेकपा प्रवेश गरेसँगै गण्डकी प्रदेशमा नेकपाको दुइतिहाई बहुमत पुगेको छ ।

मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement