काठमाडौं – बिहीबार आपराधिक पृष्ठभूमिका चर्चित राजीव गुरूङ अर्थात् दीपक मनाङ्गे नेकपा प्रवेश गरेपछि पार्टीका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आपत्ति जनाएका छन् ।
रसिया भ्रमणमा रहेका योगेशले सामाजिक सञ्जाल ट्वीटरमार्फत एक ट्वीट गर्दै राजनीतिक पार्टीलाई मान्छे चाहिने तर उसको पृष्ठभूमि नै नहेरी पार्टीमा भित्र्याइँदा परिणाम नराम्रो आउन सक्ने भन्दै आपत्ति जनाएका छन् ।
उनले लेखेका छन्, ‘राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ल्यायौँ ? कस्ता कस्ता ल्याउँदै छौँ ? परिणाम के भैरहेको छ ? राम्ररी विचार गरौ है !’
गण्डकी प्रदेशसभाका सदस्य रहेका मनाङ्गेले केही समयअघि मात्रै अदालतबाट सफाइ पाएका थिए ।
मनाङ्गे मनाङबाट स्वतन्त्र सांसदका रूपमा प्रदेशसभाका निर्वा्चित भएका थिए । उनलाई तत्कालीन नेकपाको सहयोग थियो ।




प्रतिक्रिया