पोखरा – मनाङ ‘ख’ बाट स्वतन्त्र उमेदवारका रुपमा विजयी गण्डकी प्रदेशसभा सदस्य दिपक मनाङे अर्थात उर्फ राजीव गुरुङले नेपाली कांग्रेसको चर्को आलोचना गरेका छन् ।
बिहिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेलगत्तै सञ्चारकर्मीहरुसँगको कुराकानीमा बाेल्दै मनाङेले कांग्रेसको स्पष्ट विचारधारा नै नभएको भन्दै चर्को आलोचना गरे ।
उनले आफु समाज सेवाको लागि राजनीतिमा आएको दाबी गरे । ‘सरकारले दिएको ४५ हजारले त चिया खान पनि पुग्दैन । म त समाज सेवाको लागि राजनीतिमा आएको हो,’ उनले भने । यद्यपि राजनीति गर्न परीक्षा दिन जस्तो सजिलो नभएको बताए ।
‘मलाई लाग्छ नेकपा नै नेपालको पार्टी हो,त्यसैले नेकपामा छिरेको हुँ ।’ तत्कालीन माओवादी अथवा एमाले भन्दा पनि कम्युनिष्ट भएकाले नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको उनको धारणा छ ।
उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले आजै पार्टी प्रवेश गराएका हुन् ।




प्रतिक्रिया