काठमाडौं – नेपाल बैंकको सञ्चालक दिपेन्द्र बिक्रम थापा बैंकको सञ्चालकबाट बाहिरिएका छन् । कानुनी व्यवस्था अनुसार थापाको कार्यकाल असोज २१ गतेबाट समाप्त भएपश्चात उनी बाहिरिएका हुन् ।
बैंकले सो सम्बन्धमा नेप्से मार्फत आम लगानीकर्ता र नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेलाई समेत जानकारी गराएको छ ।
बैंकमा बासुदेश अधिकारी सञ्चालक समितिका अध्यक्ष रहेका छन् । यसैगरि अन्य सञ्चालकहरुमा हरिशरण पुडासैनी, गंगाप्रसाद ज्ञवाली रहेका छन् भने केशव प्रसाद भण्डारी सञ्चालक समितिको सचिव रहेका छन् ।




प्रतिक्रिया